१० असार २०८३, बुधबार
,
Latest
इपिडेमिक साउन्ड र भिलबीच एपीआई साझेदारी विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने प्राधिकरणको अनुमान, २ लाख २६ हजार नागरिक जोखिममा कृषि र पर्यटन प्रवर्द्धनलाई जोड दिँदै नेपालगञ्जले ल्यायो एक अर्ब ७६ करोडको बजेट रास्वपा महाधिवेशन: खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री यादवको उम्मेदवारी रास्वपाको महाधिवेशन नसकेपछि भोलि बोलाइएको संसद बैठक सूचना टाँस गरेर स्थगित वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल
तपाईं के खोज्दै हुनुहुन्छ ?

परमेश्वरको शक्ति नास हुने भन्दै बलत्कार गर्ने चर्चका पाष्टर पक्राउ



अ+ अ-

काठमाडौं । जबरजस्ती करणी आरोपमा चर्चका पाष्टर ध्रुवबाबु जोशीलाई पक्राउ परेका छन्। पीडित महिलाले दिएको उजुरीका आधारमा आशा विश्वासी मण्डली चर्चका पाष्टर जोशीलाई महानगरीय प्रहरी परिसर जावलाखेल ललितपुरको टोलीले सोमबार पक्राउ गरेको हो ।

चर्चमा प्रार्थना गर्न जाँदा रोग निको हुने आश्वसान दिदै जोशीले जबरजस्ती करणी गरेको पीडित महिलाको आरोप छ। नराम्रो काम गरेका कारण तिमीलाई यस्तो रोग लागेको र पाप मेटाइदिने भन्दै जोशीले पटक पटक बलात्कार गर्दै आएको पीडित महिलाको किटानी जाहेरीमा उल्लेख छ।

उनले पाप मेटाउन आफूसँग शारीरिक सम्पर्क गर्न ललाइ फकाइ पहिलोपटक ललितपुरको चापागाउँ मोडको एक गेस्ट हाउसमा, दोस्रो पटक पीडित महिलाले संचालन गरेको पसलमा र तेस्रो पटक यही पुस महिनाको पहिलो हप्तातिर सोही पसलमा आएर दबाव दिइ जबरजस्ती करणी गरेको आरोप पीडित महिलाको छ।

जबरजस्ती गरेपछि जोशीले परमेश्वरले दिएको शक्ति नास भएर जाने र कसैलाई भनेपछि तिमीलाई जे पनि गर्छु भनि धम्की दिएका थिए। जोशीले घटनाबारे कसैलाई भने तिम्रो परिवार तथा साथी भाइ मात्र नभएर चर्चमा समेत हल्ला गरी दिने भनी डरत्रास देखाउँदै जबरजस्तीकरणी गर्दै आएको पीडित महिलाले दिएको लिखित जाहेरीमा उल्लेख छ।