१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे संक्रान्ति पर्वको अवसरमा भोली सार्वजनिक विदा



अ+ अ-

दमक । मकर संक्रान्ति पर्वको अवसरमा भोली झापाका ३ वटा स्थानीय तहले सार्वजनिक विदा दिने भएको छ। दमक र शिवसताक्षी नगरपालिका तथा गौरीगञ्ज गाउँपालिकाले भोली सार्वजनिक विदा दिएको हो ।

दमक नगरपालिकाका प्रशासकिय अधिकृत यज्ञराज निरौलाले हस्ताक्षर गरेर जारी गरेको सार्वजनिक सूचनामा पनि दमक नगरपालिका मातहतका कार्यालयहरु र शैक्षिक संस्थाहरुमा विदा दिइने उल्लेख छ । त्यसैगरी शिवसताक्षी नगरपालिकाले पनि सूचना प्रकाशित गरेर भोली १ गते मकर संक्रान्ती पर्वको अवसरमा सार्वजनिक विदा दिइएको उल्लेख गरेको छ ।

यस्तै गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले हस्ताक्षर गरेर आज सार्वजनिक गर्नुभएको सूचना अनुसार सो गाउँपालिका अन्तर्गतका कार्यालयहरु, सामुदायिक र निजी तथा संस्थागत विद्यालयहरु, स्वास्थ्य संस्था र अन्य संघ संस्थाहरुमा एक दिनका लागि सार्वजनिक विदा दिइएको छ ।