१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बसमा आगलागी, गाडी पूर्ण रूपमा जलेर नष्ट



अ+ अ-

काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि छुटेको ना ७ ख ६०४८ नम्बरको रात्री बसमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला अन्तर्गत सिसिरिया पुल नजिक आगलागी भएको छ।

आज बिहान करिब ३ बजेतिर बसको टायर पड्किएपछि आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगो तीव्र रूपमा फैलिँदा बस पूर्ण रूपमा जलेर नष्ट भएको बताइएको छ। बिहान ५:३० बजेसम्म पनि आगलागी नियन्त्रणमा आउन नसकेको जनाइएको छ।

घटनास्थलमा प्रहरी टोली पुगेको भए पनि दमकल करिब दुई घण्टासम्म नआएको राष्ट्रिय यातायात व्यवसायी महासंघका कार्यवहाक अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । ढिलाइका कारण बस पूर्ण रूपमा क्षतिग्रस्त भएको पनि उहाँले जानकारी दिनुभयो ।