२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट

विश्वकप क्रिकेटमा आज नेपाल र इटाली भिड्दै

विश्वकप क्रिकेटमा आज नेपाल र इटाली भिड्दै
अ अ+ अ-

आइसिसि टी–२० विश्वकप अन्तर्गत आज तीन खेल हुँदैछन् । खेल तालिका अनुसार आज नेपालले इटालीको सामना गर्नेछ ।

समूह सी मा रहेका नेपाल र इटाली दुबै पहिलो जितको खोजीमा रहने छन् । यो खेल मुम्बईको वान्खडे रंगशालामा अपराह्न ३.१५ बजे सुरु हुनेछ ।  नेपाल यसअघि पहिलो खेलमा इङल्यान्डसँग जितको नजिक पुगेर पनि ४ रनले पराजित भएको थियो ।

नेपाली खेलाडीको हौसला बढाउन ठूलो संख्यामा नेपाली खेलप्रेमी मुम्बई पुगिसकेका छन् । पहिलो खेलमा झै यसपटक पनि उनीहरु नेपाली झण्डा र नेपाली टिमको जर्सी लगाएर भेला हुँदैछन् ।

मुम्बई पुगेका एक नेपाली खेलप्रेमीका अनुसार मुम्बईमा यतिबेला नेपाली खेल समर्थकलाई स्थानीय जनताले निकै हार्दिकता पूर्वक स्वागत गरेका छन् ।

नेपाली टिमको प्रदर्शन र नेपाली दर्शकहरुको भारी उपस्थितिका कारण विश्वभर नै नेपालको चर्चा चुलिएको छ भने भारतीय मिडिया र खेल कमेन्टेटरले नेपाललाई उदीयमान र निरन्तर प्रगति पथमा अघि बढेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

पिचको अवस्था

वान्खडे रंगशालामा यसअघि भएका दुई खेलमा पहिले ब्याटिङ गर्ने टिमले १६१ र १८४ रन बनाएका थिए, र पहिले ब्याटिङ गर्ने टिम नै विजयी भएका थिए । तर बिहीबार साँझपख अलि गर्मी हुने सम्भावना रहेको छ । यस खेलमा ओसले खासै असर नगर्ने सम्भावना रहेको भारतीय मिडियाले बताएका छन् ।

नेपाली कप्तान रोहित पौडेलले इङल्यान्डसँगको खेलबाट नेपाली टिमले निकै राम्रो अनुभव हासिल गरेको बताउँदै अबका खेलहरुमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

नेपालको समूहमा नेपाल सहित इङल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् ।

 

बिहीबारका अन्य खेल

श्रीलंका vs ओमान (११.१५ बजे)

भारत vs नामिबिया (७.१५ बजे)