३ भाद्र २०८३, बुधबार
,
Latest
सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुष टी–ट्वेन्टी विश्वकपमा सहभागी टोलीहरूको संख्या बढाउदै आइसिसी



अ+ अ-

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले पुरुष टी–ट्वेन्टी विश्वकपमा सहभागी टोलीहरूको संख्या बढाउने तयारी गरेको छ । आइसिसीले टी–ट्वेन्टी विश्वकपमा हालको १६ बाट बढाएर २० टोली सहभागी गराउने तयारी गरिरहेको टेलिग्राफ स्पोर्टसले जनाएको छ । खेलको दायरा बढाउनका लागि टी–ट्वेन्टी स्वरूपलाई सर्वश्रेष्ठ मान्दै आएको आइसिसीले विश्व कपको आगामी संस्करणमा ४ देशलाई सहभागी गराएर २० पुर्याउने तयारी गरेको हो ।

सन् २०२३ देखि ३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरमाथि विस्तृत छलफलपछि आइसिसी सहभागी टोलीको संख्या बढाउने तयारीमा जुटेको छ । टी–ट्वेन्टी विश्वकप २०२४ मा हुनेछ । आइसिसीले २० राष्ट्रलाई विश्वकपमा समावेश गर्नका लागि २ वटा विकल्प सोचेको छ । विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र आइसिसीले ४ समूह बनाएर ५ राष्ट्रलाई विभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने विकल्पमाथि आइसिसीले विचार गरिरहेको हो । आईसिसीले प्रत्येक वर्ष एउटा विश्वव्यापी प्रतियोगिता आयोजनाको प्रस्ताव राखेको छ ।

यो प्रस्ताव पारित भए एसोसिएट र क्रिकेटको क्रेज भएका देशका लागि फाइदा पुग्ने अनुमान गरिएको छ । जसमा क्यानडा, जर्मनी, नाइजेरियासँगै नेपालले पनि खेल्ने अवसर प्राप्त गर्ने सम्भावना रहेको छ । विश्वकपमा टोलीहरू बढाइएसँगै दर्शकको संख्यामा वृद्धि हुने अपेक्षासहित विश्वव्यापी प्रतियोगितामा अमेरिकी प्रतिनिधित्वको सम्भावना बढ्ने आईसिसीको ठहर छ । आइसिसीले अमेरिकालाई ठूलो बजारको रूपमा हेर्दै आएको छ । अमेरिकामा खेललाई बढावा दिन आइसिसीले हाल सबै प्रयास गरेको छ ।