३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल सुरुवातको २१ सेकेन्डमै लुकाकुको गोल



अ+ अ-

खेल सुरुवात भएको २१ सेकेन्डमै रोमेलु लुकाकुले गोल गरेको खेलमा ईन्टर मिलानले कोपा ईटालियामा जित निकालेको छ । मंगलबार राति अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४–१ गोल अन्तरले हराएको हो । खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई अघि बढाएका थिए ।

बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर पारे । लुकाकुले ४९ औं मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै ईन्टरलाई ३–० ले अघि बढाएका थिए । काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा एक गोल फर्काएका थिए । एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।

लुकाकुले ईन्टर मिलानका लागि २५ खेलमा १८ गोल गर्न सफल भएका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए ।