२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल सुरुवातको २१ सेकेन्डमै लुकाकुको गोल



अ+ अ-

खेल सुरुवात भएको २१ सेकेन्डमै रोमेलु लुकाकुले गोल गरेको खेलमा ईन्टर मिलानले कोपा ईटालियामा जित निकालेको छ । मंगलबार राति अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४–१ गोल अन्तरले हराएको हो । खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई अघि बढाएका थिए ।

बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर पारे । लुकाकुले ४९ औं मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै ईन्टरलाई ३–० ले अघि बढाएका थिए । काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा एक गोल फर्काएका थिए । एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।

लुकाकुले ईन्टर मिलानका लागि २५ खेलमा १८ गोल गर्न सफल भएका छन् । बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए ।