२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी News Polar दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड News Polar कांग्रेस सहमहामन्त्रीमा नानू बाँस्तोलाको उम्मेदवारी News Polar ऊर्जा क्षेत्रका समस्या समाधान गर्न निजी क्षेत्रसहित उच्चस्तरीय समिति गठन News Polar पूर्वराष्ट्रपति भण्डारीद्वारा वामपन्थी नेता घनेन्द्र बस्नेतको परिवारप्रति समवेदना News Polar नेप्से परिसूचक ११ दशमलव ९६ अङ्कले बढ्यो News Polar ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

टेनिसको सेमिफाइनलमा पराजित भएपछि थापा भन्छन्– स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य कुरा

टेनिसको सेमिफाइनलमा पराजित भएपछि थापा भन्छन्– स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य कुरा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा लनटेनिसका दिग्गज खेलाडी हुन् । 

राप्रपाको अध्यक्ष प्रतिस्पर्धामा राजेन्द्र लिङ्देनसँग पराजित भएको  पनि लगभग एक महिना भइसकेको छ । तापनि, उनले परिणामलाई सहजरुपमा स्वीकारेका छैनन् ।

पोखरामा जारी १८ औं पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थापाको यात्रा सेमिफाइनलसम्म हुन पुग्यो । 

५५ वर्ष उमेर समूहको सिंगल्स सेमिफाइनलमा पूर्वराष्ट्रिय च्याम्पियन कृष्ण राई उनीमाथि ‘तघारो’ बने । 

यसअघि एकैदिन दोहोरो जित निकालेका थापा सिंगल्स र डबल्स दुवै इभेन्टमा जित हासिल गरेपछि उनको सेमिफाइनलमा स्थान सुरक्षित भएको थियो । 

सिंगल्सको सेमिफाइनलमा हारेका थापाले यद्यपि, आजै डबल्सको सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । 

सेमिफाइनल पराजित भएपछि थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हुने बताएका छन् । 

उनी भन्छन्, पोखरामा आज भएको ‘१८औँ माछापुच्छ्रे बैंक ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताूको ५५ बर्ष समुहको सेमिफाइनलमा पुर्व राष्ट्रिय च्याम्पियन कृष्ण घलेसँग हारेँ।कृष्णलाई बधाई।

स्वस्थ प्रतिस्पर्धामा हारजित सामान्य र स्वाभाविक हो।
आजै डबल्सको सेमिफाइनल खेल्न बाँकी छ।

Wish me good luck 🤞