१६ असार २०८३, मंगलवार
,
Latest
बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद परियार भन्छन्ः प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महशुस गर्नुहोस्, गुन तिर्नेतिर नलाग्नुहोस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद पदम परियाले प्रधानमन्त्री शुशीला कार्कीलाई राष्ट्रिय जिम्मेवारी महशुस गरेर काम गर्न आग्रह गनुभएको छ ।

बुधवार बसेको राष्ट्रिय सभाको वैठकमा शुन्य समयमा बोल्दै उहाँले प्रधानमन्त्रीलाई निर्वाचनको लागि निष्पक्ष र पारदर्शी वातावरण सुनिश्चित गर्न आग्रह गर्नुभयो । सरकारले गरेको पछिल्ला केही निर्णयले निर्वाचन शान्तिपूर्ण, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका उत्पन्न भएको उहाँको भनाई छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने महान्याधिवक्ताको कार्यलय र गैरआवासीय नेपाली संघको महाविधेशनको आयोजक सरकार रहेने विषमा असन्तुष्टी जनाउनु भयो ।

मतदाताको करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा अदालतको फैसलाअनुसार जेल सजाय भोगिरहेका एक उम्मेदवारको मुद्दा फिर्ता लिने विवादास्पद र शंकास्पद निर्णय गरेर नागरिक सरकारले दलिय पक्षधरता लिएको उहाँको आरोप छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन स्वयं सरकार आयोजक बसेर निर्वाचनको मुखमा गरिनु पनि उपयुक्त नभएको उहाँको भनाइ छ । यी र यस्तै निर्णयले सरकार कुनै अमुक दल वा उम्मेदवारतर्फ क्रमशः पक्षधर बन्दै गएको त होइन भन्ने प्रश्न नागरिक तहमा उठ्न थालेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते नै निर्वाचन गर्नेगरी सरकार र निर्वाचन आयोगले परेको प्रयास प्रशंसनीय छ । तर सरकारले गरेका पछिल्ला केही निर्णय र कामकारबाहीलाई विश्लेषण गर्दा चुनाव निष्पक्ष, भयरहित र धाँदलीरहित हुने कुरामा आशंका मान्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मतदाताको करोडौँ सम्पती ठगी गरेको आरोपमा अदातको फैसलाअनुसार जेल बसेका उम्मेद्वारको मुद्दा फिर्ता लिने विवादास्पद निर्णय सरकारले गरेको छ । गैरआवासीय नेपाली संघको निर्वाचन सरकारले आयोजक बसेर निर्वाचनको सम्मुखमा गर्न लागिरहेको छ । यी र यस्तै निर्णयहरुले नागरिक सरकारले चुनावमा नजानिँदो पाराले अमुक दल र उम्मेद्वारतर्फ क्रमश पक्षधरता देखाउँदै गएको त होईन भन्ने प्रश्न उठेको छ । प्रधानमन्त्रीज्यु राष्ट्रिय जिम्मेवारी महसुस गर्नुहोस्, गुण तिर्नेतिर नलाग्नुहोस् ।’  

उहाँले विवादास्पद निर्णय पुनर्विचार गर्न तथा राज्य संयन्त्रलाई तटस्थ ढंगले परिचालन गर्न सरकारसँग माग गर्नुभयो ।