१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीमदत्त र शुक्लाफाँटामा छाउगोठ भत्काउने अभियान जारी



अ+ अ-

भीमदत्तनगर । स्थानीय जनप्रतिनिधि र प्रहरीको संयुक्त पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा मङ्गबार १२ वटा छाउगोठ भत्काइएको छ । भीमदत्त नगरपालिका–३ तिलकपुरमा सात र वडा नं ७ मा पाँच गरी १२ वटा छाउगोठ भत्काइएको हो ।

वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले वडा कार्यालयसितको समन्वयमा छाउगोठ भत्काउने काम भएको जानकारी दिँदै अभियानले निरन्तरता पाउने छ भने । भत्काएका छाउगोठ पुनःनिर्माण गरिए वडा कार्यालयबाट उपलब्ध सुविधा दिन रोक लगाइने भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर जप्रेलले बताए ।

“यसअघि पनि हामीले छाउगोठ भत्काएका थियौँ ।” वडाध्यक्ष जप्रेलले भने, “केही स्थानीयले फेरी निर्माण गरेको पनि भेटियो ।” त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटामा पनि सोमबारदेखि स्थानीय तह र प्रहरी प्रशासनको पहलमा छाउगोठ भत्काउने अभियान शुरु भएको शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए ।