१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन घर जलेर नष्ट,१० लाखभन्दा क्षति



अ+ अ-

सप्तरी । सप्तरीको तिलाठी कोलाडी गाउँपलिकामा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । वडा नं ७ मा स्थानीय देवनारायण साहको घरबाट अचानक सल्केको आगो निजको एउटा घर पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही ठाउँका छिमेकी सूर्यनारायण साह र तेजनारायण साहका पनि एक/एक घर जलेर नष्ट भएका इलाका प्रहरी कार्यालय हनुमानगरले जनाएको छ ।

आगलागी भने गाईगोठमा बालेको आगोबाट भएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । आगलागीबाट तीन जनाको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र नगद जिन्सीलगायत करीब रु १० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगोलाई स्थानीवासी, प्रहरी र नगरपालिकाबाट आएको बारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैबीच आगलागी भएको ठाउँमा पीडितका लागि तत्काल राहत दिनका लागि चिउरा, भुजिया, भुजा तथा त्रिपाल सहयोगका लागि गाउँपालिकाले व्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो ।