१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवघाटमा तीर्थालुको भीड



अ+ अ-

नवलपुर । धर्मशास्त्रमा समेत पवित्र देवभूमिका रूपमा वर्णन गरिएको चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नानका लागि आउने तीर्थालुको ठूलो भीड लागेको छ । कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा स्नान गर्दा मोक्ष प्राप्त हुने विश्वाससहित टाढा–टाढाबाट तीर्थालु मङ्गलबार बेलुकीदेखि नै यहाँ आएका छन् ।

माघे सङ्क्रान्तिका दिनदेखि कुम्भ स्नानसमेत शुरु हुने कारणले देवघाटधाममा स्नानका लागि तीर्थालुको भीड लाग्ने गर्दछ । धर्मशास्त्रअनुसार ३३ करोड देवीदेवता ब्रह्म मुहुर्तमा स्नानका लागि देवघाटधाममा आउने विश्वाससहित भक्तजन माघे सङ्क्रान्ति स्नानका लागि आउने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो ।

देवघाट आउने तीर्थालुलाई मध्यनजर गर्दै यहाँ पर्याप्त मात्रामा पानी, बत्ती तथा शौचालयको व्यवस्था गरिएको उहाँले बताउनुभयो । माघे सङ्क्रान्ति स्नानका लागि देवघाटधाममा धेरै भक्तजन आउने भएकाले व्यवस्थापनका लागि देवघाट क्षेत्र विकास समितिले करीब एक महिना अगाडिदेखि तयारी थालेको थियो । तीर्थालुलाई लक्षित गर्दै विभिन्न स्थानमा धुनी तथा निःशुल्करूपमा चियाको प्रबन्ध मिलाइएको उहाँले बताउनुभयो ।

स्थानीय प्रशासन, सरकारी निकाय, विभिन्न सङ्घसंस्था सबैको पहलमा देवघाट जाने बाटोघाटो निर्माणदेखि सुरक्षा व्यवस्था चुस्त बनाइएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाटको वेणी सङ्गमस्थलमा त्रिशूली नदीतर्फ गहिरो भएकाले यहाँ विशेष सावधानी अपनाउँदै काली गण्डकीतर्फ मात्रै नुहाउने व्यवस्था गरिएको घिमिरेले बताउनुभयो । स्नानघाटलाई सुरक्षित पार्नका लागि डोरीले सुरक्षा घेरा निर्माण गरिएको छ ।

चितवन र तनहुँ जोड्नका लागि देवघाटमा झोलुङ्गे पुल भएको भए पनि त्यहाँ अत्यधिक भीड हुने कारणले नदी तर्नका लागि ¥याफ्टिङ डुङ्गाको समेत व्यवस्था गरिएको छ । चितवनतर्फको किनारबाट देवघाटको वेणी सङ्गमस्थलसम्म पुग्नका लागि करीब ४० डुङ्गा सञ्चालन गरिएका घिमिरेले जानकारी दिनुभयो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालीम शिक्षालयका गोताखोर प्रहरी तथा नेपाली सेनाको उद्धार टोलीसमेत देवघाटमा परिचालन गरिएको छ ।