१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी चौकीलाई जग्गादान



अ+ अ-

मान्म । कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–४ का दुर्गाप्रसाद न्यौपानेले प्रहरी चौकीको भवन निर्माणका लागि ३२५ वर्गमिटर जग्गा दान गर्नुभएको छ ।

इलाका प्रहरी चौकी पचालझरनाको भवन निर्माणका लागि रु दुई लाख ५० हजार मूल्य बराबरको सो जग्गा उहाँले निःशुल्क दान गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियालाई जग्गाको लालपुर्जा हस्तान्तरण गर्नुहँुदै जग्गाधनी न्यौपानेले गाउँमा प्रहरी चौकी हुँदा सुरक्षाको प्रत्याभूति हुने भएकाले आफ्नो इच्छाले जग्गादान गरेको बताउनुभयो । “गाउँको सुरक्षाका लागि जग्गा दान गरेको हुँ”, उहाँले भन्नुभयो, “प्रहरी चौकी नहुँदा पहिला गाउँमा समस्या रहेको थियो ।”

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार सो गाउँपालिकामा इलाका प्रहरी चौकी स्थापना भएको प्रहरी नायब उपरीक्षक ओलियाले बताउनुभयो । “प्रहरी चौकीको आफ्नै नामको जग्गा थिएन”, उहाँले भन्नुभयो, “जग्गा पाएका छौँ, चाँडै भवन निर्माण प्रक्रिया अगाडि बढ्छ ।”

जिल्लाका सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडी र तिलागुफा नगरपालिका–६ गाल्जेमा प्रहरी चौकीका लागि जग्गाको अभाव भएका कारणले भाडाको घरमा बस्दै आएको उहाँले बताउनुभयो ।