२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि….



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाई गरेपछि व्यापार घटेको भन्दै व्यवसायीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर व्यवसायमा परेको समस्याको बारेमा जानकारी गराएका छन् ।

बुधबार अर्थमन्त्रालयमा पुगेर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका पदाधिकारीहरुले अर्थमन्त्री डा. युवराज खतिवडालाई भेट गरी पछिल्लो समय उत्पन्न समस्याको विषयमा जानकारी गराएका हुन् । अर्थमन्त्री खतिवडालाई भेटेपछि नाडा एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले सरकारी नीतिका कारण अटोमोबाइल बजार सिथिल भएको, बैंक कर्जा, डाउन पेमेन्ट र भन्सार दरका कारण व्यवसाय घटेको जानकारी गराएको बताउनुभयो । अध्यक्ष दुलाले अर्थमन्त्री खतिवडाले आफुहरुलाई बैंक कर्जाको विषयमा सुधार गर्ने तथा भन्सार दरमा समेत केही कम गर्न सकिने र दुई चार दिन मै त्यसको समाधान गर्ने आश्वासन समेत दिनुभएको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज तथा घरजग्गा कर्जामा ऋण लिने व्यक्तिको कर चुक्ता भएको आम्दानीको पचास प्रतिशत भन्दा बढी नहुने गरी कर्जाको किस्ता व्यवस्थापन गर्न बैंकहरुलाई निर्देशन दिएपछि अटोमोबाइल्स क्षेत्र प्रभावित भएको छ । व्यवसायीहरुले सोही कारण २० प्रतिशतले व्यापार घटेको बताएका छन् ।