१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको शङ्कर होटलमा मृत फेला परे बाँकेका वडाध्यक्ष



अ+ अ-

बाँके । बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचस्थित एक होटलमा मृतावस्थामा फेला पर्नुभएको छ । भारतको बहराइचमा रहेको शङ्कर होटलमा वडाध्यक्ष खड्काको शव फेला परेको कोहलपुर नगरकार्यपालिका सदस्य डिलबहादुर परियारले जानकारी दिनुभयो । उहाँका अनुसार, घटनाबारे वडाध्यक्ष खड्काको घरमा बहराइचबाट जानकारी गराइएको थियो । वडाध्यक्ष खड्काको शव नेपाल ल्याउनका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयोे ।

उहाँको शव नेपाल ल्याउनका लागि नेकपा बाँकेका सचिव अशोक कोइरालाको नेतृत्वमा नेकपाका नेता र परिवारका सदस्य भारत जाँदै हुनुहुन्छ । तत्कालीन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई वडाध्यक्ष जित्नुभएका खड्काको तीन छोरी र तीन छोरा रहेको नेकपा कोहलपुरकी अध्यक्ष वसन्ती अधिकारीले जानकारी दिनुभयो ।

वडाध्यक्ष खड्का मङ्गलबार भएको नगरसभामासमेत अनुपस्थित रहेको नगरपालिकाका सल्लाहकार कुलबहादुर भट्टराईले जानकारी दिनुभयो । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले घटनाबारे जानकारी आएको बताउनुभयो । “घटना भारतमा भएकोले भारतीय प्रहरीले अनुसन्धान गर्दैछ”, उहाँले भन्नुभयो, “यदि उहाँको हत्या भएको भए नेपाल प्रहरीले पनि अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने छ ।” भारतीय प्रहरीको सहयोगमा अनुसन्धान शुरु गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वलीले जानकारी दिनुभयो ।