२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याबालाको दुई गोलमा युभेन्ट्स क्वाटरफाईनलमा



अ+ अ-

कोपा ईटालिया फुटबलमा युभेन्ट्सले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै प्रतियोगिताको क्वाटरफाईनलमा युभेन्ट्सले प्रवेश पाएको छ । युभेन्ट्सलाई जित दिलाउन पाउलो ड्याबालाले दुई रगोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक एक गोल गरेका थिए ।

खेलको १६ औ मिनेटमा गोन्जालो हिग्युनले गोल गर्दै युभेन्ट्सले खेल अघि बढाएका थिए । लगत्तै २६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । उनले हिग्युनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

अन्ततः कोस्टाले खेलको ६१ औ मिनेटमा गरेको गोलले युभेन्ट्सलाई शानदार जित दिलाउन सफल रह्यो । बिरामी भएका कारण क्रिस्टियानो रोनाल्डोले भने खेल्न पाएका थिएनन् ।