१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याबालाको दुई गोलमा युभेन्ट्स क्वाटरफाईनलमा



अ+ अ-

कोपा ईटालिया फुटबलमा युभेन्ट्सले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा यूडिनीजलाई ४–० गोल अन्तरले हराउँदै प्रतियोगिताको क्वाटरफाईनलमा युभेन्ट्सले प्रवेश पाएको छ । युभेन्ट्सलाई जित दिलाउन पाउलो ड्याबालाले दुई रगोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक एक गोल गरेका थिए ।

खेलको १६ औ मिनेटमा गोन्जालो हिग्युनले गोल गर्दै युभेन्ट्सले खेल अघि बढाएका थिए । लगत्तै २६ औ मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७ औ मिनेटमा पेनाल्टीमार्फत उनैले ब्यक्तिगत दोस्रो गोल गरे । उनले हिग्युनको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।

अन्ततः कोस्टाले खेलको ६१ औ मिनेटमा गरेको गोलले युभेन्ट्सलाई शानदार जित दिलाउन सफल रह्यो । बिरामी भएका कारण क्रिस्टियानो रोनाल्डोले भने खेल्न पाएका थिएनन् ।