२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम News Polar कांग्रेस महाधिवेशनको चौथो दिन बन्द सत्र, प्रतिवेदन पारित गर्दै सभापति थापाले सम्बोधन गर्ने News Polar ‘सत्ता र शक्तिवालाहरूले कानुन मिच्दा कृष्णलाल अधिकारीहरू जन्मन्छन्, मकैको खेती सुरु हुन्छ’ News Polar मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण News Polar सुडानको टाविलामा बढ्दो मानवीय संकटः एक महिनामा ६ हजारभन्दा बढी विस्थापित News Polar ‘जलवायु न्याय माग्ने नेपालको आधार नै कमजोर’ News Polar मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार News Polar हुम्लामा हिमपातले जनजीवन प्रभावित News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक News Polar कांग्रेस १५औँ महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची News Polar रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख नगद सहयोग गर्ने News Polar मालढुङ्गा पुल पश्चिम नेपालकै लाइफलाइन हो, जतिसक्यो चाँडै सञ्चालनमा ल्याउनुपर्छः ढकाल News Polar नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

डा. रामचन्द्र भुसाल सार्क जाइका एलुम्नाई फोरमको अध्यक्षमा निर्वाचित

डा. रामचन्द्र भुसाल सार्क जाइका एलुम्नाई फोरमको अध्यक्षमा निर्वाचित
अ अ+ अ-

कोलम्बो: जाइका एलुम्नाई एसोसिएसन अफ नेपाल (JAAN) का अध्यक्ष डा. रामचन्द्र भुसाल जाइका एलुम्नाई एसोसिएसनहरूको सार्क फोरम (JAAFSC) को अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न तीन दिने अन्तर्राष्ट्रिय सेमिनारपछि आयोजित सार्क क्षेत्रका जाइका एलुम्नाईहरूको निर्वाचनबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

“दक्षिण एसियाको सामाजिक तथा आर्थिक विकासमा जापानको योगदान” विषयमा आयोजित सेमिनारमा सार्क क्षेत्रका विभिन्न देशबाट आएका जाइका एलुम्नाई प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सेमिनारमा क्षेत्रीय सहकार्य, विकासका प्राथमिकता र अनुभव आदान–प्रदानबारे छलफल गरिएको थियो।

नव–निर्वाचित अध्यक्ष डा. भुसाल हाल जाइका एलुम्नाई एसोसिएसन अफ नेपालका अध्यक्षसमेत हुनुहुन्छ। यसअघि उहाँ सन् २०१७ देखि हालसम्म JAAFSC का महासचिवका रूपमा कार्यरत रहनुभएको थियो। डा. भुसालको नेतृत्वमा नेपालबाट छ सदस्यीय प्रतिनिधिमण्डल सेमिनारमा सहभागी भएको थियो। सेमिनारमा डा. भुसाल र जानका उपाध्यक्ष डा. किरण रुपाखेतीले नेपालका तर्फबाट जाइका सहयोगसम्बन्धी गतिविधिबारे प्रस्तुति दिनुभएको थियो।

सेमिनारलाई सम्बोधन गर्दै श्रीलंकाका लागि जापानी राजदूत अकीको इसोमाताले JAAFSC ले सार्क क्षेत्रका जाइका एलुम्नाईहरूको छाता संगठनका रूपमा जापान र सार्क मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। उहाँले सामाजिक तथा आर्थिक विकासमा फोरमको योगदान उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै भूमिका निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो। साथै, यस्ता अन्तर्राष्ट्रिय सेमिनारहरूले विभिन्न देशका एलुम्नाईहरूबीच ज्ञान र अनुभव आदान–प्रदानमा सहयोग पुर्‍याउने बताउनुभयो।

जाइका श्रीलंकाका प्रमुख प्रतिनिधि केन्जी कुरोनुमाले सामाजिक तथा आर्थिक विकास आजको विश्वको साझा प्राथमिकता बनेकाले अन्तर्राष्ट्रिय सहकार्य र सद्भाव अपरिहार्य रहेको बताउनुभयो। उहाँले JAAFSC सदस्य राष्ट्रहरूबीच सञ्जाल विस्तार, समन्वय र एकता आवश्यक रहेको उल्लेख गर्दै जाइकाले आगामी दिनमा पनि JAAFSC का कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आफ्नो धारणा राख्दै डा. भुसालले जापानले सार्क क्षेत्रलाई निस्वार्थ, भरपर्दो र दिगो सहयोग गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले जापानबाट इमान्दारिता, जिम्मेवारीप्रतिको जवाफदेहिता, अनुशासन, समयपालन र मेहनती कार्यसंस्कृति सिक्नुपर्नेमा जोड दिनुभयो।

सेमिनारको अध्यक्षता जाइका एलुम्नाई एसोसिएसन अफ श्रीलंकाका अध्यक्ष श्री एस. एम. सथियाकामा ले गर्नुभएको थियो। उहाँले पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय सेमिनार आयोजना गर्ने अवसर पाएको उल्लेख गर्दै यसले जापान–श्रीलंका सम्बन्धका साथै जापान र सार्क मुलुकहरूबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जानकी महासचिव सुश्री शान्ति लक्ष्मी शाक्यले जानका गतिविधिबारे प्रस्तुति दिनुभएको थियो भने अन्य सार्क देशका जाइका एलुम्नाई संघका महासचिवहरूले आ–आफ्ना देशमा सञ्चालन भएका गतिविधिबारे जानकारी प्रस्तुत गरेका थिए।

सन् २००८ मा स्थापना भएको JAAFSC सार्क क्षेत्रका जाइका एलुम्नाई संघहरूको छाता संगठन हो। यसको सचिवालय सन् २०१७ देखि नेपालकै काठमाडौंमा अवस्थित छ।