१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज र भोलि वर्षा र हिमपात हुने



अ+ अ-

काठमाडौं । मध्य र पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण नेपालका पश्चिमी, मध्य भूभाग र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको जारी सूचनामा उल्लेख छ ।

यसैगरी, आज दिनभरी मध्य, पश्चिमी भूभाग, पूर्वी पहाडी भूभाग र बाँकी भूभागमा समेत आंशिक बदली भई पश्चिमी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने देखिन्छ भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पूर्वानुमान गएिको छ ।

त्यस्तै, आज राति पनि देशका मध्य, पूर्वी स्थानमा पूर्ण बदली हुने र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र मध्य तथा पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको छ ।