१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउतमाथि प्रहरीले गरेको ‘दुर्व्यवहार’बारे छानविन गरिने



अ+ अ-

काठमाडौं । महिला प्रहरीले गायिका आस्था राउत असभ्य व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार्यालयलाई भनेका छौं,’ उनले भने, ‘एयरपोर्ट महानगरीय प्रहरी कार्यालयको मातहतमा पर्ने भएकोले त्यहाँ भनेका छौं।’ बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै भिडिओमा आक्रोश पोखेकी थिइन्।

भाइरल भएको उक्त भिडिओ बिहिबार राउतले आफ्नो फेसबुकबाट हटाएकी थिइन्।