२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका राउतमाथि प्रहरीले गरेको ‘दुर्व्यवहार’बारे छानविन गरिने



अ+ अ-

काठमाडौं । महिला प्रहरीले गायिका आस्था राउत असभ्य व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले छानबिन गर्ने भएको छ। नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन्।

‘छानबिनको निम्ति हामीले सम्बन्धित प्रहरी कार्यालयलाई भनेका छौं,’ उनले भने, ‘एयरपोर्ट महानगरीय प्रहरी कार्यालयको मातहतमा पर्ने भएकोले त्यहाँ भनेका छौं।’ बुधबार सिक्किम जाँदै गरेकी गायिका राउतले त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूलाई असभ्य व्यवहार गरेको भन्दै भिडिओमा आक्रोश पोखेकी थिइन्।

भाइरल भएको उक्त भिडिओ बिहिबार राउतले आफ्नो फेसबुकबाट हटाएकी थिइन्।