१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्ता छन् कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका निर्णय



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले तीनवटा निर्णय गरेको छ ।

बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेख (अधुरो भवन निर्माण) आयोजनामा विनियोजित रु ६० लाख कार्यान्वयनका लागि इलाका प्रहरी कार्यालय, राकम कर्णाली दैलेखलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्ने र कर्णाली प्रदेश वन (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । रासस