९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ



अ+ अ-

मस्को। रुसी वरिष्ठ सैन्य गुप्तचर अधिकारी भ्लादिमिर एलेक्सेयेभलाई मस्कोमा गोली हानेर घाइते बनाएको आरोपमा एक जना रुसी व्यक्तिलाई दुबईबाट पक्राउ गरिएको रुसी एफएसबी सुरक्षा सेवाले आइतबार जनाएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) भागको आरोप लागेका ६० वर्षीय ती व्यक्तिलाई दुबईमा पक्राउ गरी रुसलाई सुपुर्दगी गर्ने प्रक्रिया अघि बढाइएको रुसी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा रुसले आफ्नो छिमेकीविरुद्ध पूर्ण सैन्य आक्रमण सुरु गरेयता रुस र मस्कोको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा धेरै उच्च पदस्थ सैन्य अधिकारीहरूको हत्या भएको छ ।

रुसको जीआरयू सैन्य गुप्तचर सेवाका उपप्रमुख एलेक्सेभ शुक्रबार मस्कोस्थित एक अपार्टमेन्टमा गोली लाग्दा सख्त घाइते भएपछि अस्पताल भर्ना गरिएको थियो ।

साइबर आक्रमण र सन् २०१८ मा बेलायतमा रुसबाट भागेर आएका सेर्गेई स्क्रिपलमाथि नर्भ एजेन्ट आक्रमण गरेको आरोपमा उहाँमाथि पश्चिमा देशहरुबाट प्रतिबन्ध लगाइएको छ।

रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले युक्रेनमाथि गोलीकाण्डको योजनाकार रहेको आरोप लगाएका छन् ।

युद्ध सुरु भएदेखि नै धेरै उच्च पदस्थ रूसी सैन्य अधिकारीहरूको हत्याको जिम्मेवारी लिएको किएभले यस विषयमा कुनै टिप्पणी गरेको छैन।  (रासस/एएफपी)