२१ भाद्र २०८३, आईतवार
,
Latest
बालेनलाई गगनले भने– संयुक्त राष्ट्रसंघको महासभामा तथ्य र प्रमाणसहित प्रश्तुत हुनुस्, आफ्नो सचिवालयको मात्रै भर… भोटेकोशी बाढीः युद्धस्तरमा उद्धार र पुनःस्थापना गर्न नेता लामाको आग्रह विपद् व्यवस्थापन र भौतिक पूर्वाधारको सुरक्षा संवेदनशीलतामा गम्भीर समीक्षा आवश्यक छः सभापति थापा बेपत्ता व्यक्तिलाई मृत मान्न नसकिने वर्तमान कानूनी व्यवस्था संशोधन गरियोस्ः गगन थापा मुक्त हलियाको समस्या स्थायी रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री भट्ट टिपरको ठक्करबाट एक जनाको मृत्यु एसिसी प्रिमियर कपः नेपाल सेमिफाइनलमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठद्वारा १७० बाढीपीडित परिवारलाई राहत वितरण तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को समायोजन



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी) केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीबीच समायोजन भई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल गठन गरिएको छ ।

तीनवटै दलको आज बसेको संयुक्त बैठकले दल एकीकरण गर्ने निर्णय गरेको साविक एकीकृत समाजवादीका प्रदेशसभा सदस्य माया पन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “समायोजनबारे केन्द्रबाट निर्णय भएर आएको हो, सोहीबमोजिम आज कार्यान्वयन गरिएको हो ।”

बैठकले साविक माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टलाई नै नेकपा संसदीय दलको नेताका रूपमा चयन गर्ने निर्णय गरेको छ । दल एकीकरणपछि नेकपाको विधान निर्माणका लागि विधान मस्यौदा समिति गठन गरिएको छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा साविक माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात र एकीकृत समाजवादीका चार सदस्य हुनुहुन्छ । समाजवादीका एक सदस्य भने निलम्बनमा छन् ।

सत्तापक्ष नेपाली कांग्रेसका १८ र नेकपा (एमाले) बाट ११ सदस्य छन् । राप्रपाबाट एक सदस्य छन् । स्वतन्त्र सदस्य डा तारा जोशीले पदबाट राजीनामा दिएर डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी बन्नुभएको छ ।

अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ः०० बजेदेखि लागू हुनेगरी अन्त्य भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट बैठक अन्त्य गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा बर्खे अधिवेशन बैठक गत जेठ ११ गते प्रारम्भ भएको थियो । जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिपछि गत पुस १६ गते प्रदेशसभाको चालु अधिवेशनअन्तर्गत बैठक सुरु भएको थियो ।