१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईबाट नेपालका लागि हिड्यो रेल, नेपाल पुग्न १५ दिन लाग्ने



अ+ अ-

काठमाडौं । नेपालका लागि चेन्नइबाट जानकी रेल हिडेको छ । जनकपुर-जयनगर रूटका लागि निर्मित रेल सेट नेपालका लागि चेन्नइबाट हिडेको हो।

बुधबार भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेशनले एक सेट ट्रेन चेन्नेइस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट जनकपुर पठाएको हो। रेल सेवा सञ्चालन भइरहेका रुटहरूमा ट्रयाक खाली रहने समय पारेर ल्याउनुपर्ने भएकाले नेपाली जनकपुरसम्म आइपुग्न १५ दिन लाग्ने रेल विभागका अधिकारीहरूले बताएका छन्।

पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ। चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना भएर विहारको जयनगर हुँदै रेल जनकपुर आइपुग्नेछ।

नेपाली झण्डाको रंग लगाएको ‘जानकी’ को इञ्जिन र डिब्बा आइपुग्ने तय भएपछि यता रेल विभागमा रेल सेवा नियमित सञ्चालनको तयारी भइरहेको छ। ‘ट्रेन सेट आइपुगेपछि नियमित सञ्चालनका लागि हामी आवश्यक व्यवस्थापन गरिरहेका छौं,’ विभागका महानिर्देशक बलराम मिश्रले भने।

विभागका अनुसार अहिले रेल सञ्चालनका लागि कर्मचारी नियुक्ति प्रक्रिया फाष्ट ट्रयाक गर्न लागिएको छ। रेलवे कम्पनी ब्युँताएर रेल सेवा सञ्चालन गर्न लागिएको हो। करिब २ सयजना कर्मचारी आवश्यक पर्ने रेल विभागले जनाएको छ। मन्त्रीपरिषदबाट स्वीकृति लिएर तत्कालका लागि रेल चलाउने केही प्राविधिक भने भारतबाट ल्याइने छ। बाँकी कर्मचारी यहीँ भर्ना गरिने छ। नेपाली प्राविधिकहरू रेल चलाउन सक्षम भएपछि भारतीय प्राविधिकलाई फिर्ता गरिदिने बताइएको छ।