१९ आश्विन २०८१, शनिबार
,
Latest
हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी कोदो उत्पादक किसानलाई प्रोत्साहन बाढी र पहिरोले पनौतीलाई दिएको पीडा- फोटो फिचर ‘आँटेको पुर्‍याइदेऊ रेशम बागलुङ कालिका…’ उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार नाइजेरियामा दश हजारभन्दा बढीमा हैजा सङ्क्रमण, तीन सयभन्दा बढीको मृत्यु काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते मदिराले मातेका बाबुले हँसिया प्रहार गर्दा छोराको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जना भारतीय प्रहरी बर्दीमै नेपाल छिरेपछि…



अ+ अ-

कैलाली । नौ जना भारतीय प्रहरी बर्दीमै नेपाल प्रवेश गरेका छन् । प्रहरीले बुधबार चिसापानीबाट भारतीय प्रहरीलाई नियन्त्रण लिएको हो ।

प्रहरीले उनिहरुलाई नियन्त्रण लिएपछी आफूहरू भारतको बहराइच जिल्लामा मन्त्री सहभागी हुने कार्यक्रममा खटिएको बताए । मन्त्री सवारी हुन पर्ने कार्यक्रम रद्द भएपछि उनीहरू घुम्ने भन्दै नेपाल प्रवेश गरेका थिए।युपी ३२ डिजेट ४३५४ नम्बरको भारतीय गाडीमा रुपडिया नाका हुँदै नेपाल छिरेका उनीहरू कर्णाली पुल हेर्ने भन्दै बाँके, बर्दिया पार गरेर कैलाली पुगेका थिए।

‘उनीहरूलाई भिजिट नेपाल २०२०को बारे थाहा थियो क्यारे। अनि कर्णाली पुलनजिकै होला भनेर छिरेका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी दक्षकुमार बस्नेतले भने,‘सोधपुछ गरेर हिजो नै फिर्ता पठाइ सकिएको छ।’

कर्णाली पुल नेपालगन्जबाट करिब ९६ किलोमिटर टाढा छ। त्यहाँ पुग्न बर्दिया राष्ट्रिय निकुञ्जमा ४ ठाउँमा नेपाली सेनाले टाइम कार्ड दिन्छ। डिएसपी बस्नेतका अनुसार उनीहरूले आफ्ना हतियारहरु नाकामा छाडेर आएको बताएका थिए।