२५ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीले निम्त्याएको सङ्कट र व्यवस्थापनका प्रयास जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग दुई वटा संशोधन विधेयक प्रतिनिधि सभामा पेश सशस्त्र प्रहरीद्वारा बाढी प्रभावित क्षेत्रका तीन हजार ६०० बढीको स्वास्थ्य उपचार शिक्षक सेवा आयोगमा नयाँ पदाधिकारी नियुक्त दुई सहसचिव सचिवमा बढुवा, कुँवर र खत्रीलाई नयाँ जिम्मेवारी प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने सरकारको आकलन राष्ट्रियसभाले कानुन बनाउन सहयोग गरेन भनी बोलेकी छैनः कानुनमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

१८ जना नेपाली कामदार बोकेको बस आबुधाबीमा दुर्घटना, पाँच जनाको मृत्यु



अ+ अ-

युएई । युएईको आबुधाबीमा १८ जना नेपाली कामदार बोकेको सवार गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने नेपाली दूतावासले बताए पनि मृतकको पहिचना नभएको दूतावसले जनाएको छ ।

बसमा १८ जना नेपाली कामदारसंगै ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

फायल फोटो

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रमकाउन्सुलर भेषबहादुर कार्कीले बताए ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।