१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै



अ+ अ-

कास्की । पोखरा महानगरका विभिन्न चोकमा भएका सालिकलाई व्यवस्थापन गर्न निर्माण गरिएको राष्ट्रिय विभूति तथा शहीद पार्क पर्यटकको गन्तव्य बन्दै गएको छ । पोखरा महानगरपालिका–१८ स्थित पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण सराङकोटमा उक्त पार्क निर्माण सुरु गरिएको थियो । पार्कमा विभिन्न शहीदका सालिक राखिएका छन् । १०८ शहीदका सालिक राख्ने गरी काम थालिएको पोखरा महानगर प्रमुख मानबहादुर जिसीले बताए ।

पार्क निर्माणका लागि छ करोड रुपियाँभन्दा बढी लगानी हुने उनले जानकारी दिए । पार्क पूर्ण रूपमा निर्माण भएपछि थप आकर्षणको केन्द्र बन्ने र यसले गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने प्रमुख जिसीको दाबी छ ।

पार्कको सबैभन्दा माथिल्लो भागमा राष्ट्र निर्माता पृथ्वीनारायण शाह, पुष्पलाल श्रेष्ठ, जनयुद्धका शहीद भीमसेन दाहाल गरी तीनवटा सालिक राखिएको र स्वर्गीय रवीन्द्र अधिकारी र योगेन्द्रमान शेरचनको सालिक राखिने महानगरपालिकाले जनाएको छ ।