२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रचना रिमालको क्रिकेट मोह: एन्ड्र्यु सहित कमेन्टेटरलाई दिइन् ढाकाटोपी उपहार



अ+ अ-

काठमाडौँ : लोकप्रिय गायिका रचना रिमाल आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता प्रत्यक्ष रुपमा हेर्न यतिबेला भारतको मुम्बईस्थित वानखेडे रङ्गशाला पुगेकी छिन् ।

मेरो विश्वकप यात्रा सुरु भएको भन्दै रचनाले चर्चित कमेन्टेटर एन्ड्र्यु लियोनार्डलाई ढाकाटोपी उपहार दिएकी छिन् । रचनाले एन्ड्र्युलाइ केही थान टोपी दिँदै अरु कमेन्टेटरलाई पनि उपहारस्वरुप दिन आग्रह गरेकी छिन् । क्रिकेट मन पराउनेका लागि एन्ड्र्यु लियोनार्ड कुनै नयाँ नाम होइन । लामो समयदेखि कमेन्टेटरका रूपमा नेपाली क्रिकेटसँग एन्ड्र्यु कुनै न कुनै रूपमा जोडिँदै आएका छन् ।

क्रिकेटप्रतिको गहिरो मोह व्यक्त गर्दै उनले विश्वकपलाई केवल खेल मात्र नभई सांस्कृतिक र भावनात्मक सम्बन्धको माध्यमको रूपमा लिएको बताइन्।

विदेशी नागरिक भए पनि नेपालप्रति माया र अपनत्व देखाएका लियोनार्डप्रति आभार व्यक्त गर्दै रिमालले भनेकी छिन् “उहाँलाई भेट्दा आफ्नै देशको मान्छे भेटेझैँ अनुभूति भयो।” उनले विश्वकपको अवसरमा नेपाल र नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पाएकोमा खुसी व्यक्त गरिन्।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष एब‌ राष्ट्रिय पोशाक घरका संञ्चालक राजानन्द माण्डव्यले रचना मार्फत टोपी उपहार स्वरुप पठाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “एन्ड्र्यु नेपालका लागि सद्भाब दुत हुन् उहाले नेपाल र नेपाली र क्रिकेट लगि बिश्व स्तरमा निकै सकारात्मक सन्देश प्रबाह गर्नुभएको छ ।”

लामो समयदेखि कमेन्टेटरका रूपमा नेपाली क्रिकेटसँग उनी कुनै न कुनै रूपमा जोडिँदै आएका छन् । नेपाल जस्ता एसोसिएट देशको क्रिकेटको विस्तार र प्रचारप्रसारमा उनी संलग्न रहँदै आएका छन् । उनी कम्तीमा ३० पल्ट नेपाल ओहोरदोहोर गरिसकेका छन् ।

आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।