३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह स्मृति किक बक्सिङ सुरु



अ+ अ-

ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन पुरुष ५५ केजीमा रेजका मदनकृष्ण डंगोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुन्जो शेर्पा, सो क्योकुसिनका मनीष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिन्जाली मगर, नेपाल आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गरे ।

महिला ५० केजीमा आर्मीकी रुविका खड्का, आईकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सन्जुमाया थिङ, मुवाँथाईकी डेनिका राई, आर्मीकी शान्ति थापा मगर र अञ्जना ढुंगेल क्वाटरफाइनलमा पुगे । तीनदिने प्रतियोगितामा १ सय २२ खेलाडीले ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुषमा ६ र महिलामा ५ स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् ।

टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उद्घाटनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कांस्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो ।

आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका हुन् । सोही अवसरमा सागमा प्रशिक्षकको भुमिका निभाएका करातेका गंगाराम महर्जन र दीपक श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।