२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियन शिक्षा सूचनाकेन्द्र काठमाडौंमा, विद्यार्थीलाई फाइदा हुने



अ+ अ-

काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा आएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको नायरको अगुवाईमा यो सूचना केन्द्र स्थापना गरिएको हो ।

बिहिबार एक कार्यक्रमका बीच नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन् । सूचना केन्द्रमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघसंगठनको पनि सहभागिता रहने र यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास आफूले लिएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा यो कामको प्रशंसा गर्दै राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीहरुलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ ।’

कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले यो सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालाहरुलाई धेरै फाइदा पुग्ने बताए । त्यस्तै, नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले पनि शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरुवात निकै राम्रो भएको बताए ।