२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाइजेरियाको बेन्यु राज्यमा आक्रमण, ३० जनाको मृत्यु



अ+ अ-

नाइजेरिया। नाइजेरियाको मध्य राज्य बेन्युका दुई शहरहरूमा केही दिनको अन्तरालमा भएका दुई आक्रमणमा ३० जनाको मृत्यु भएको जनाइएको छ ।

यस क्षेत्रमा लामो समय देखि अन्तर–साम्प्रदायिक झडप हुने सम्भावना रहेको स्रोतहरूलाई यदृत गर्दै एएफपीले जनाएको छ ।

क्वान्डे क्षेत्रको अन्वासे गाउँमा शुक्रबार दिउँसो सशस्त्र डाकुहरूले कम्तीमा १३ जना व्यापारीको हत्या गरेको स्थानीय सरकारी अधिकारी इबी एन्ड्र्यूलाई उदृत गर्दै एएफपीले जनाएको छ ।

उहाँले आक्रमणकारीहरूले बजारमा आक्रमण गरेर मानिसहरू माथि अनियमित रूपमा गोली हानेको बताउनु भएको छ । आक्रमणले व्यापारी र बासिन्दाहरूलाई आघातमा पार्नुका साथै सम्पत्ति नष्ट भएको जनाइएको छ ।

बासिन्दा र स्थानीय मिडियाका अनुसार मङ्गलबार सशस्त्र व्यक्तिहरूले नजिकैको म्बाइक्योरको बजारमा आक्रमण गर्दा एकजना प्रहरी अधिकारीसहित १७ जनाको मृत्यु भएको थियो ।

यस क्षेत्रमा पछिल्लो समयमा मुस्लिम जातीय मानिसहरू र मुख्यतया इसाई किसानहरू बिच भूमि र स्रोतहरूको नियन्त्रणलाई लिएर हिंसा बढेको जनाइएको छ ।

हिसांत्कम गतिविधि साम्प्रदायिक झडपका रूपमा प्रस्तुत भए तापनि, जलवायु परिवर्तन, हतियारहरूको प्रसार र नाइजेरियाली राज्यबाट दिगो प्रतिक्रियाको अभावले बढेको जटिल क्रियाकलापताबाट अशान्ति उत्पन्न भएको जनाइएको छ । (रासस/एएफपी)




भर्खरै