• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   कृषि मन्त्रालयका कर्मचारी आज पनि आन्दोलनमा ★   जङ्गली बिषालु च्याउ खादाँ एकै परिवारका सातजना बिरामी ★   ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक ★   आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो ★   गुणराज: मुवा थाईको विश्वविजेताको कथा ★   अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री ★   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने ★   मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित ★   सुन मूल्य एक हजार छ सयले बढ्यो, तोलामा कति पुग्यो? ★   ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्स बिच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

नेकपालाई सभामुख र उपसभामुख चयन गर्न कांग्रेसको आग्रह



काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले ६ गतेबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठकबाट नै सभामुख चयन प्रकृया सुरु गर्न आग्रह गरेको हो । कांग्रेसले संविधान अनुसार सभामुख र उपसभामुखको चयन गर्न पनि नेकपालाई आग्रह गरेको छ । संविधानमा भएको व्यवस्था अनुसार फरक दल र फरक लिंगको आधारमा सभामुख र उपसभामुख चयन नभए कांग्रेसलाई सैह्य नहुने चेतावनी समेत दिएको छ । राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले कांग्रेसले सभामुख चयनका विषयमा सत्तारुढ दलसँग छलफल पनि जारी रहेको बताउनुभयो । सभामुख उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था अनुसार कांग्रेसले पनि दुई मध्ये एकमा रुची राख्नु स्वभाविक भएकाले उहाँले बताउनुभयो । पाण्डेका अनुसार नेकपासँग यो विषयमा छलफल जारी रहेको र छलफल पछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय बैठकले गरेको छ ।

पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की रहेको समयमा भएको एमसीसी सम्झौता संसदबाट पारित हुनुपर्ने माग पनि कांग्रेसले गरेको छ । पार्टी सभापति देउवा र अन्य केन्द्रीय सदस्यहरुको नाम जोडेर गलत समाचार प्रकाशनमा आएको प्रतिध्यानाकर्षण भएको जनाउँदै कांग्रेस संसदीय दलको बैठकले यहि सदनबाट नै एमसीसी सम्झौता पारित गर्न आग्रह गरेको छ ।

कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नउठाएका दलहरुलाई सहयोग गर्न पनि आग्रह गरेको छ । संसदीय दलका नेता पाण्डेले राष्ट्रियसभामा उम्मेदवार नउठाएका दलहरुले कांग्रेसलाई मतदान गरी सहयोग गर्न बैठकले आग्रह गरेको बताउनुभयो ।