१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ९७ अंकले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्बले कमाए



अ+ अ-

काठमाडौं । यो साता शेयर बजारमा नेप्से ९७ अंकले बढ्दा लगानीकर्ताले झण्डै १ खर्ब ५० अर्बले कमाएका छन् ।

गत सता १५ खर्ब ४६ अर्ब ५८ करोड ५५ लाख २० हजार रुपैयाँ बजार पूँजीकरण रहेको धितोपत्र बजारमा यो साता कम्पनीहरुको शेयर मूल्यमा उच्च वृद्धि हुँदा लगानीकर्ताको सम्पत्ति १ खर्ब ४९ अर्ब ५३ करोड ५ लाख ३० हजार रुपैयाँले बढेको छ । जसका कारण बजार पूँजीकरण १६ खर्ब ७९ अर्ब २५ करोड ५३ लाख ६० हजार रुपैयाँ पुगेको छ ।

यो साता शेयर बजारमा परिसूचक नेप्से ९७ दशमलव ११ अंकले बढेको छ । अघिल्लो साताको बिहीबार १ हजार २ सय १३ दशमलव १२ अंकमा बन्द भएको बजार यो साता झण्डै १ सय अंकले बढेर १ हजार ३ सय १० दशमलव २३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि यो साता १८ दशमलव ६१ अंकले बढेर २ सय ८२ दशमलव ८७ अंकमा बन्द भएको छ ।

कारोबार रकममा पनि यो साता ५७ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । यो साता ६ अर्ब ६७ करोड २० लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता ४ अर्ब २२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यो साता सबैभन्दा बढी कारोबार एनआइएसी एसिया बैंकको भएको छ । यो बैंकको २६ करोड ७६ लाख ३० हजार रुपैयाँ बराबरको शेयर करोबार भएको छ । त्यस्तै शिवम सिमेन्टको शेयरको कारोबार २२ करोड ५३ लाख ६० हजार रुपैयाँको भएको छ । २० करोड भन्दा माथिको शेयर कारोबार हुने कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स (२२ करोड २६ लाख) र हिमालयन डिस्टिलरी (२१ करोड ९ लाख) रहेका छन् ।

यो साता नेपाल स्टक एक्सचेन्जमा ग्लोबल आइएमई बैंकको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव २ कित्ता शेयर सूचिकृत भएको छ । बैंक मर्ज भएपछि यो बैंकको शेयर पुनः सूचिकृत भएको हो । त्यस्तै सिर्जना फाइनान्सको २७ लाख ६४ हजार ६ सय ९२ कित्ता हकप्रद शेयर पनि नेप्सेमा सूचिकृत भएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता बढ्दै जाँदा बैंकहरुले शेयर धितोमा कर्जा बढाएका छन् । जसका कारण बजारमा लगानी बढ्न गई नेप्से सकारात्मक बनेको छ । त्यस्तै अधिकांश कम्पनीहरुले नगद लाभांश शेयरधनीको खातामा पठाइसकेकाले पनि शेयर बजारमा लगानी बढ्न गई शेयरको माग बढेको र मूल्यमा वृद्धि भएको विश्लेषण गर्न सकिन्छ ।