३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खड्का र थापा सम्मानित



अ+ अ-

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा निर्णायकको भूमिका निर्वाह गरेका तेक्वान्दोका अशोक खड्का र प्रशिक्षक गोल्फका धनबहादुर थापालाई कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ ।

सागमा आबद्ध कागेश्वरी मनोहरा नगरपालिकामा बसोवास गर्नेलाई सम्मान गरिएको हो । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुवैलाई जनही २५ हजार र सम्मान पत्र प्रदान गरी सम्मान गरे । खड्काले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गरेका थिए । सागमा दोहोरो स्वर्ण जित्ने तीन खेल मध्ये एक गोल्फ हो । गोल्फमा सुवास तामाङले दोहोरो स्वर्ण जितेका थिए । सागमा सबै भन्दा बढी स्वर्ण जित्ने खेलाडी भने पौडीकी गौरिका सिंह हुन् । गौरिकाले ४ स्वर्ण जितेकी थिइन् ।