२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईएसपिएन क्रिकेट अवार्डमा नेपालका खेलाडी मनोनयनमा परेनन्



अ+ अ-

काठमाडौं । क्रिकेटसम्बन्धी अनलाइन ईएसपिएन क्रिकइन्फोको वार्षिक अवार्डमा एसोसिएटतर्फ यस पटक नेपालका कुनै खेलाडी मनोनयनमा परेका छैनन् । नेपालले २०१९ मा सिंगापुर र ओमानमा दुई टी २० सिरिज खेलेको थियो । तर टी २० विश्वकप छनोट एसियन क्षेत्रबाट अघि बढ्न नसकेको नेपालले युएईमा ग्लोबल टि २० विश्वकप छनोट खेल्न पाएन । केही नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि एसोसिएटतर्फको मनोनयनमा नेपाली खेलाडी पर्न सकेनन् ।

अहिले विश्वकप लिग २ क्रिकेट भइहेको छ र त्यसमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू नै मनोनयनमा परेका छन् । नेपालले भने लिग २ मा अझै खेलेको छैन । अर्को महिना नेपालले घरेलु मैदानमा ओमान र अमेरिका सहभागी त्रिकोणात्मक सिरिज खेल्नेछ ।

एसोसिएटको ब्याटिङतर्फ स्कटल्यान्डका जर्ज मुन्से, पपुवा न्युगिनीका नर्मन भानुअ, नामिबियाका जेपी कोत्जे र ओमानका जतिन्दर सिंह छन् । यस्तै बलिङतर्फ अमेरिकाका अली खान, पपुवा न्यु गिनीका नोसाईना पोकना, स्कटल्यान्डका हमजा ताहिर हङकङका रोहन मुस्ताफा र ओमानका विलाल खान छन् ।