३ पुष २०८२, बिहीबार
,
Latest
निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफ र आर्मीको विजय शुरुआत



अ+ अ-

काठमाडौं । पाँचौँ संकरणको आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसीपको महिलातर्फ एपिएफले विजयी शुरुआत गरेको छ । एपिएफले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–० सेटमा पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा एपिएफले जावलाखेललाई २५–४, २५–८ र २५–८ अंकले हरायो । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले भरतपुर मेट्रो खेलकुद परिषद्लाई ३–० सेटले हराएको हो । यस्तै अर्को खेलमा आर्मीले भरतपुरलाई २५–८, २५–२० र २५–१० अंकले पराजित गरेको हो ।

विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्ने बताईएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ ।