३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु

मकालुमा ट्याक्टरले किचेर मजदुरको मृत्यु
अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका-५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ । गएराति मकालु-५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

तामाङ गुडिरहेको ट्याक्टरबाट खस्नुभएकामा पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मैनालीले बताउनुभयो । मृतक तामाङ उत्तर(दक्षिण कोशी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी(किमाथाङ्का सडकखण्ड कार्यरत मजदुर हुन् ।

घटनालगत्तै सिन्धुली घर भई हाल सङ्खुवासभा बस्दै आएका चालक फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

प्रहरीले उक्त ट्याक्टर मकालु-५ स्थित नुम बजारमा पार्किङ गरी राखेको अवस्थामा नियन्त्रणमा लिइएर नुम प्रहरी चौकीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट १५ किलोमिटरको दूरीमा पर्दछ ।

मृतकको शव जिल्ला अस्पताल खाँदबारी ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले जानकारी दिनुभयो । फरार रहेका चालकको खोजी भइरहेको छ भने घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।