४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

राज्य कसैलाई हराउन र जिताउन लाग्यो भने प्रतिवाद हुन्छः ओली

राज्य कसैलाई हराउन र जिताउन लाग्यो भने प्रतिवाद हुन्छः ओली
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन नहुने बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई चरणमा निर्वाचन हुने परिस्थिति हो भने निर्वाचनको मिति सार्न आग्रह गर्नुभयो । निर्वाचनमा धाँधली र अनियमितता हुन नदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले मतपेटिकालाई उम्मेदवार वा उनीहरूका प्रतिनिधिको आँखाबाट एक सेकेन्ड पनि ओझेल हुन नदिनुपर्नेमा जोड दिनुभयो ।

हिमाली भेगमा हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन गर्न नहुने बताउँदै ओलीले राज्यका सबै अंग तथा निकायहरू निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । राज्य कुनै एक पक्षलाई जिताउन र हराउन लाग्छ भने त्यसले ठूलो अनिष्ट पैदा गर्ने चेतावनी दिनुभयो । उहाँले यो कुरालाई रोदन नभई प्रतिवाद भएको बताउँदै एमाले निर्वाचन आयोगले दर्ता खुला गरेर चुनाव लड्न बनाएको पार्टी नभई देश बनाउन बनाएको पार्टी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनको प्रश्न नै के हो भने उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट बाक्सा ओझेल हुन हुँदैन । कसैप्रति अविश्वास गरेको होइन । त्यसो हो भने हामी विश्वास गर्छौं आफैँ भोट खसाउ । विश्वास गरिदिनुपर्ने । कसमाथि विश्वास गरिदिनुपर्ने । प्रतिनिधि किन राख्नुप¥यो त हामीले बेकार । तपाईंहरुलाई कसैलाई विश्वास गरिदिनुपर्ने, प्रतिनिधि किन राख्ने । ऋत पनि पु¥याउने । अनि गर्न चाहीँ आफ्नै हिसावले काम गर्ने । त्यसो भएर प्रतिनिधि उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिको आँखाबाट एक मिनेट वा एक सेकेण्ड पनि बक्सा ओझेल पर्न सक्दैन । भोट सकिएपछि तत्काल बाक्सा गन्ने ठाउँमा पार्टीका प्रतिनिधिहरुको रोहबरमा उनीहरुको आँखा अगाडि पु¥याइनुपर्छ । बाक्सा खोलेर तत्काल गन्नुपर्छ ।’

‘हामीमाथि विश्वास गर नत्र डन्डा लगाएर विश्वास गराउँछौँ । त्यस्तो हुन्छ ? यो निर्वाचन निर्वाचन हुँदैछ भन्नेकुरामा हामीलाई विश्वास भइरहेको छैन । दुई चरणमा निर्वाचन हुँदैन, हिमाली भेगमा हिउँ पर्दछ, हिउँदमा भन्नेकुरा थाहा हुँदैन ? एकै चोटीलाई मिति राख, होइन भने मिति सार । एकै चरणमा निर्वाचन हुनुपर्दछ । निर्वाचन भइसकेपछि मत गणना हुनुपर्छ । धाँदली गरेर निर्वाचनको नाटक चल्दैन । राज्य, राज्यका सबै अंग र निकायहरु निष्पक्ष हुनुपर्छ । निष्पक्ष ढंगले शान्तिपूर्ण वातावरणमा, धाँदलीरहित निर्वाचन गराउनुपर्छ । राज्य, यसलाई जिताउने र हराउने भन्ने पक्षमा लाग्नु हुँदैन । यदी राज्य लाग्छ भने त्यो निर्वाचन निर्वाचन हुँदैन,देशमा गम्भीर अनिष्ट पैदा गर्नेछ । नेकपा एमालेको यो अनुभव हो । कुनै रादन भन्ने नठान्नुहोला । यो रोदन होइन । प्रतिवाद हुनेछ । नेकपा एमाले निर्वाचन आउन लाग्यो भनेपछि निर्वाचन आयोगले दर्ता खुला गरेर दर्ता गरेर चुनाव उठिहालौँ न त भनेर चुनाव लडि खेल्न बनाएको पार्टी होइन, देश बनाउन बनाएको पार्टी हो ।’

एमालेले धाँधलीरहित शान्तिपूर्ण निर्वाचनको वातावरणका लागि राज्यलाई सचेत गराएको छ ।