१७ भाद्र २०८३, बुधबार
,
Latest
न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि जलवायू परिवर्तनबाट सिर्जित चुनौती: अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्धा स्थापित गराउनु आवश्यक इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन्ः केपी ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरुले अराजकता सिर्जना गरेर आफूमाथि आरोप लगाउने काम गरिरहेको बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले गत भदौ २३ र २४ गतेको घटना केही तत्वहरूले उपद्रव मच्चाएर ठूलो उपद्रव तथा राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने वातावरण बनाउने प्रयास गरेको बताउनु भयो । उहाँले पहिलेदेखि नै यस्तो सम्भावनाबारे सचेत रहेको तर पूर्ण रूपमा रोक्न नसकेको बताउनु भयो । उहाँले आगो लगाउने तथा मार्नेहरूले उल्टै आफूमाथि हत्यारा, षड्यन्त्रकारी तथा घृणित आरोप लगाएर देशलाई बद्नाम गर्ने काम गरेको बताउनु भयो । प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने भन्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्नेहरु बेवकुफ वा अपराधी भएको बताउनु भयो ।

ओलीको यो अभिव्यक्ति भदौ २३ गतेको जेन–जी प्रदर्शन तथा हिंसात्मक घटनासँग सम्बन्धित छ । जसमा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरीको कारबाहीका क्रममा दर्जनौंको ज्यान गएको थियो । सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । उहाँले पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै आउनुभएको छ भने छानबिनको माग पनि गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘उपद्रव मच्चाएर, ठूलो उपद्रवका लागि राष्ट्रिय उपद्रवको वातावरण बनाउन सक्छन्, पहिला नै तयार हुनु भनेको थिएँ, त्यो हुन सकेन । पछि कोही लुट्न गएका, लुट्न गएकाहरुलाई भित्रै राखेर बाहिरबाट आगो लगाएर भित्रभित्रै मारिएको छ । कसैको सनाखत नै हुन सकेको छैन । को हो के हो ? मराउने को हुन्, यिनीहरु । अनि मराउनेहरुले उल्टै हाम्रा विरुद्ध मार्ने र मराउने, आगो लगाउनेर  गोली चलाउन बाध्य पार्नेहरुले हाम्रा विरुद्ध, षड्यन्त्रका पोकाहरुले त्यस्ता घृणित लाञ्छना लगाएर, झुटा आरोप लगाएर देश दुनियाँमा बद्नाम गर्ने काम गरेका छन् । सबैले बा भने भन्ने रिसले यिनीहरुले केही मान्छे मार्ने परिस्थिति बनाएर उ हत्यारा हो भनेर भन्दैछन् । आगो लगाएर मार्ने उनीहरु अनि हत्यारा हुने केपी ओली । सबैलाई थाहा छ, प्रधानमन्त्रीले आदेश दिने त के गोली चल्नु भन्दा अगाडि थाहा पनि पाउँदैन । अफ्ठ्यारो स्थितिमा पुलिसले सोध थाल्छ, कहाँ छ प्रधानमन्त्री भनेर । प्रधानमन्त्री त्यस्तो सुलभ सम्पर्कमा हुन्छ ? आदेश लिएर बसेको हुन्छ, हतियार लियो जब त्यतिबेलै यस्तो यस्तो परिस्थितिमा गोली चलाउने भन्ने आदेश पाएरै बसेको हुन्छ । परिस्थिति हेरेर काम गर्छ । अनि प्रधानमन्त्रीले गोली चलायो भन्ने । या त यि बेबकुफ हुन् । या त यि अपराधी हुन् । झुट र बेइमान हुन् । यो कुरा बुझाउन सक्नुपर्छ ।’

अध्यक्ष ओलीले झुटको प्रचार गर्नेहरुले विभिन्न आरोप लगाइरहे पनि यथार्थ कुरा आम नागरिकलाई बुझाउन सक्नुपर्ने बताउनु भयो ।