३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश

लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेशको दिगो विकास र समृद्धिका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

उहाँले लुम्बिनी प्रदेश संवेदनशीलसँगै राम्रो रहेको उल्लेख गर्दैै अब कस्तो बनाउने भन्ने कुरा शासन गर्नेहरूको काँधमा रहेको बताउनुभयो । प्रदेशको नवौँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकार र लुम्बिनी प्रदेश सभाको संयुक्त आयोजनामा आज राप्ती उपत्यका ९देउखुरी० आज सम्पन्न मूल समारोह कार्यक्रममा उहाँले सबै पक्ष र तहको आवाज प्रदेशले सुन्नुपर्ने धारणा राख्दै इतिहासको कालखण्डमा शासन गर्नेहरूको निर्णयका आधारमा ठाउँहरूको विकास भएको स्मरण गर्नुभयो ।

उहाँले प्रादेशिक संरचना र राजधानी क्षेत्रलाई खेतको फाँटभन्दा उँचो क्षेत्रमा विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “खेतको फाँट जोगाउनुपर्छ, मैले सुझाव दिँदा पनि त्यसैगरी दिएको थिएँ”, उहाँले भन्नुभयो, “धान फल्ने फाँट जोगायौँ भने कोही भोकै बस्नुपर्दैन ।”

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश स्थापना भएको आठ वर्ष पूरा हुँदै गर्दा सङ्घीयतालाई बलियो बनाउने काम प्रदेशबाट भएको बताउनुभयो । सङ्घीयताका कारण जनताको घरआँगनमा विकास पुगेको र जनताले त्यसको अनुभूति गर्न पाएको उहाँको भनाइ छ ।

“आज सङ्घीयताका कारण प्रदेश स्थापना भयो, प्रदेशले गरेका कामहरूको अनुभूति नागरिकहरूले गर्न पाउनुभएको छ”, उहाँले भन्नुभयो, “आज केही भएन, प्रदेश बोझिलो भयो भन्नेहरूलाई एक पटक प्रदेशमा भएको खर्चहरूको विवरण हेरेर मात्रै मूल्याङ्कन गर्न अनुरोध गर्दछु, गलत भाष्य खडा गर्ने काम नगरियोस् ।”

प्रदेश बोझिलो नभई विकास निर्माणको आधारका रूपमा स्थापित हुँदै गएको उहाँले स्पष्ट पार्नुभयो । यसका साथै मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार अन्त्यका लागि पाँच वर्षे रणनीतिक योजना बनाएर लागू गरेको जानकारी दिनुभयो ।

“अहिले सुशासन र पारदर्शिताको कुरा बढी उठाइएको छ, प्रदेश सरकारले पहिल्यै यस क्षेत्रमा कानुनी आधार तयार पारेर काम गरिसकेको छ”, उहाँले भन्नुभयो, “प्रदेशको काम र जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका छौँ ।”

प्रदेश सभामुख तुलाराम घर्तीमगरले प्रदेशसभा र प्रदेश सरकारले जनताको आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रमा कानुन निर्माण गर्ने र अनुभूति हुने गरी कार्यान्वयन गर्ने पक्षलाई बलियो बनाउँदै लगेको बताउनुभयो ।

उहाँले ऐन र कानुन निर्माण गरेर प्रदेशलाई यो अवस्थासम्म ल्याउन सफल भएको बताउनुभयो । “कानुन निर्माणमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा छ, कार्यान्वयन तहमा पनि त्यसैगरी अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “अब हामी जनतासँग जोडिएका कानुन बनाउने गरी भूमिका बढाइरहेका छौँ ।”

पूर्वमुख्यमन्त्री जोखबहादुर महराले प्रदेशको विकासका लागि सुशासन आवश्यक रहेको बताउनुभयो । समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन पूर्वाधार तथा मानवीय श्रमशक्तिको विकास अनिवार्य रहेको उहाँको भनाइ छ । “लुम्बिनीलाई समृद्ध र आत्मनिर्भर प्रदेश बनाउन कृषि र पर्यटनलाई केन्द्रमा राखेर योजना बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “समृद्धिको कामलाई अघि बढाउन सुशासन चाहिन्छ, त्यस दिशामा प्रदेशले कामको गति बढाउन जरुरी छ ।”

कार्यक्रममा प्रदेशसभाले आयोजना गरेको खुला वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गलामुखी राधाकृष्ण थारु माध्यमिक विद्यालय बर्दियाकी पूर्णिमा ओली, दोस्रो स्थान हासिल गर्ने माउन्ट भ्यु इङ्लिस बोर्डिङ स्कुल घोराहीकी सलिना पौडेल र तृतीय स्थान हासिल गर्ने सोही विद्यालयका सिद्धान्त अधिकारीलाई पुरस्कृत गरिएको थियो ।