१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरखोलामा मोटरेबल पुल निर्माण



अ+ अ-

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लमसुङ स्थित दरखोलामा मोटरेबल पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले ठेक्का मार्फत निर्माण थालिएको सो पुल २५ मिटर लामो हुनेछ ।

विस २०८१ भदौ १९ गते पाँच करोड ५९ लाख ३३ हजारमा ठेक्का सम्झौतामा निर्माण कम्पनीले यसै महिनादेखि काम थालेको कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिनुभयो ।

खोलालाई डाइभर्सन गरेर पुलको पिल्लर राख्ने ठाउँ बनाउन थालिएको हो । ठेक्का सम्झौताको अवधि एकवर्ष पाँच महिना रहेको छ ।

यस ठाउँमा पुल निर्माण भएपछि धवलागिरी गाउँपालिकाको १ र २ नम्बर वडालाई पालिकाको केन्द्र जोड्ने मुना– खोरीया– लमसुङ– लुलाङ– गुर्जा सडकमा बाह्ै महिना नियमित यातायात सञ्चालन गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । हाल बर्खामा दरखोलामा बाढी आएर पानीको सतह बढ्दा सिधा यातायात बन्द हुने गरेको छ । रासस