१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख चयनका लागि माघ १२ गते चुनाव गर्न दलहरु सहमत



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ १२ गते सहमति भएको छ । आइतबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुखको निर्वाचन माघ १२ गते गर्ने सहमति भएको हो।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएपछि ठाकुरकै अध्यक्षतामा सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको छ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारीमाथि यौनदुुब्र्यबहारको प्रयास गरेपछि राजीनामा दिएसंगै प्रतिनिधिसभा सभामुख विहीन छ।