२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली टोलीको फराकिलो जित



अ+ अ-

पोखरा । मैत्रिपूर्ण सिरिजमा नेपाली टोलीले फराकिलो जित हासिल गरेको छ। मलेसिया-११ लाई १३५ रनको फराकिलो अन्तरले हराएको हो ।

पहिलो एकदिवसीयमा नेपाल क्यान प्रेसिडेन्ट ११ ले दिएको २७९ रजको लक्ष्य पछ्याएको मलेसिया सेलेक्सन ११ ले ३७.२ ओभरमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । उसका लागि शैयद अजीजले २८ रन बनाए भने भिरनदीप सिंहले २४ । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसी र कमल सिंह ऐरीले ३र३ विकेट लिए भने कुशल मल्लले २ विकट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४६.६ ओभरमा सबै विकेट गुमाएर २७८ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले १०१ रनको अविजित पारी खेले भने सन्दीप जोराले ५८ रन बनाए । चौथो विकेटका लागि दुबैले १५३ रनको साझेदारी गरेका थिए । करण केसीले २६ रन बनाउँदा ज्ञानेन्द्र मल्ल १९, पारस खड्का १५ र सुवास खकुरेल मात्र १२ रनमा आउट भए । कुशल मल्लले १४ रन जोडेका थिए । नेपाल र मलेसियाले तीन एक दिवसीय खेल्ने कार्यक्रम छ ।