६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

‘यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’

‘यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’
अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको साढे दुई वर्ष हुँदा पनि पनि नगरपालिकामा सहज यातायात व्यवस्थापन गर्न सकेका छैनन् । दैनिक यहाँको जनसंख्या बढिरहेको छ । प्रदेश राजधानीमा विभिन्न सिलसिलामा बसोवास गर्नेहरू पनि दैनिक बढिरहेका छन् । यातायातका सजिलो माध्यमको रूपमा रहेको अटोरिक्साले सर्वसाधारणबाट मनपरी भाडा असुलिरहेको गुनासो आइरहेको छ । स्थानीयतहको निर्वाचनको समयमा यहाँका विभिन्न राजनीतिक दलहरूले वीरेन्द्रनगरमा नगर यातायातको व्यवस्थापन तथा फोहोर व्यवस्थापन मुख्य एजेन्डा बनाएका थिए ।

तर, अझैसम्म नगर यातायातको व्यवस्थापन गर्न नसकेकोमा नागरिकहरूले गुनासो गरेका छन् ।सोमबार तन्नेरी चासो सुर्खेतले सञ्चालन गरेको कर्णाली कचहरीमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाललाई युवाहरूले प्रश्न गरे, ‘अटोरिक्साको मनपरी भाडा असुल्ने काम भइरहेको छ । नगरपालिकामा नगर यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’ वीरेन्द्रनगर–१ का विनोद न्यौपानेले उपप्रमुख ढकाललाई प्रश्न गरे, ‘बांगेसिमलबाट करिब तीन किलोमिटर यात्रा गरेर बजार आउन अटोरिक्सामा कम्तिमा ४० रपैयाँ तिर्नुपर्छ, नगर बस कहिले सञ्चालन हुन्छ र हामी सस्तो भाडामा आवतजावत गर्न पाउँछौँ रु’

अर्का युवा भरत गौतमले जनप्रतिनिधिहरूले आफ्नो एजेन्डामा राखेका मुद्दा फोहोर व्यवस्थापन गर्न नसक्दा सहर कुरुप जस्तै बनेको गुनासो गरे । ‘निर्वाचन ताका प्रायः सबै राजनीतिक दलको एजेन्डा फोहोर व्यवस्थापन र नगर यातायात बन्यो, तर अहिले केही चासो छैन् ।’ अर्का युवा यज्ञ खत्रीले सरकारले अनुदान वा ऋण दिँदा कृषिमा मात्रै नभई सूचना प्रविधिमा काम गर्न र सीप सिक्न चाहाने युवाहरूलाई ध्यान दिन आवश्यक रहेको बताए ।

यसबारे सोचिरहेका छौँः उपप्रमुख

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विकास भनेको पूर्वाधार मात्रै नभई उद्यमशीलता र अन्य विकास पनि महत्वपूर्ण हो भन्नेमा समाजको विचार परिवर्तन हुन आवश्यक रहेको बताइन् । उनले नगर यातायातको बारेमा आपूmहरूले योजना बनाइरहेको बताइन् । ‘अबको बजेट निर्माणमा हामीले यस्ता आवश्यकतालाई मध्यनजर अवश्य गर्नेछौँ’, उनले भनिन्, ‘हामीले अहिले बजेट तथा अनुदानलाई उत्पादनमुखी र सीपमूलक क्षेत्रमा खर्च गरिरहेका छौँ ।’

आफूले फिलिपिन्सको विकासको अवधारण अध्ययन गरेको उधृत गर्दै उपप्रमुख ढकालले सूचना प्रविधिको तालिम आवश्यक रहेको बताइन् । सूचना प्रविधिमा सक्षम भएपछि आफैँ सीप सिक्न इच्छुक हुने र स्वरोजगार हुने बताइन् । उनले स्थानीय तहमा बजेट फ्रिज हुने समस्या नभएको बताउँदै नगरपालिकाको अघिल्लो आर्थिक वर्षमा ९२ प्रतिशत बजेट खर्च भएको बताइन् ।

‘बजेट खर्चको क्षेत्रहरू आर्थिक, सामाजिक, वातावरण, विपत् र संस्थागत सुधारको क्षेत्र सबैमा ध्यान दिनुपर्छ ।’ उनले भनिन्, ‘हामीले पनि ध्यान दिएका छौँ । चालु आवमा नगरपालिकाले पेश्की बजेट दिएको छैन ।’ सौर्य दैनिकबाट