२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओप्स खेलकुद सप्ताहमा २३ विद्यालय



अ+ अ-

संस्थागत विद्यालयहरुको संगठन (ओप्स) को आयोजनामा पाँचौं ओप्स खेलकुद सप्ताह बुधबारदेखि हुने भएको छ । श्रृजना ज्ञान सागर स्कुलमा भएको पत्रकार सम्मेलनमा ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले खेलुकद सप्ताहमा विभिन्न २३ विद्यालयले ४ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी गराए । उनका अनुसार ब्याडमिन्टन, फुटबल, भलिबल र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ । ब्याडमिन्टन र एथलेटिकसमा एक खेल एक विधाका आधारमा ब्वाइज/गल्र्स सिंगल्स र मिक्स डबल्समा खेल हुने छ ।

भलिबलमा ब्वाइज/गल्र्स, एथलेटिक्समा ब्वाइज/गल्र्सको हाइजम्प, लङजम्प, १ सय मिटर दौड, २ सय मिटर दौड, ४ गुणा १०० मिटर रिलेमा खेल हुने छ । ओप्सका ईसीए इन्चार्ज तथा श्रृजना ज्ञान सागरका प्रिन्सिपल राजेन्द्रप्रसाद फुयालले फुटबलमा १६ ब्वाइज टिमको सहभागिता रहने छ । फुटबल श्रृजना ज्ञान सागरले आयोजना गर्ने छ । प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ रहेको छ ।

फुटबल र एथलेटक्स गोलढुंगा खेल मैदान, ब्याडमिन्टन मनमैजुको जि फोर हल तथा भलिबल तार्केश्वरको पैयाटारमा हुने छ । पत्रकार सम्मेलनमा एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुन, कौशलका प्रिन्सिपल एवं ओप्सका सचिव शिव अर्याललगायतको उपस्थिति थियो । प्रतियोगिता माघ १४ गते सम्पन्न हुने छ ।