१० असार २०८३, बुधबार
,
Latest
कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ रोपनी जग्गा विद्यालयलाई दान



अ+ अ-

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका ८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लिङ्थेपले आफ्ना स्व सासू फिपरानी लिम्बू¸ ससुरा हस्तबहादुर लिम्बू र श्रीमान् गणेशमान लिङ्थेपको स्मरणमा छोरी तिलकुमारी लिङ्थेपका नाममा रहेको विद्यालयको सिमानासँगै जोडिएको करीब रु पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा निःशुल्क विद्यालयलाई उपलब्ध गराएका हुन् ।

जग्गा प्राप्तिसँगै विद्यालयको आवश्यक खेल मैदान र थप नयाँ भवन निर्माणका लागि सहज हुने स्थानीय समाजसेवी एवं विद्यालयका शिक्षक हर्ककुमार राईले बताए । शिक्षक राईका अनुसार विसं २०१७ मा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयले निःशुल्क जग्गा प्राप्ति गरेसँगै कक्षा ११ र १२ सञ्चालनका लागि समेत थप सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद दाहालले बताए ।

अहिले कक्षा ११ र १२ पढ्नका लागि साविक मावादिन गाविसका दुई वडाभित्र सञ्चालित तीन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्रा मादी, चैनपुर, पोखरीलगायत जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई चिर्ने उद्देश्यका साथ विद्यालयले जग्गाको खोजी गरिरहेको बेला समाजसेवी महिला लिङ्थेपले गरेको उदाहरणीय कामको मावादिन क्षेत्रमा सर्वत्र प्रशंसा भइरहेको वडाध्यक्ष पासाङ शेर्पाले बताए । हाङ्थाना मावि फाविङ, सरस्वती मावि मावादिन र जनता मावि बाघामा अहिलेसम्म कक्षा १० सम्म मात्र पढाइ हुँदै आइरहेको छ ।