१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सापकोटाविरूद्ध परेन उम्मेदवारी, १२ गते भोटिङ नहुने



अ+ अ-

काठमाडौं । सभामुख पदका लागि नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। सभामुखमा सापकोटाविरूद्ध अन्य दलबाट उम्मेदवारी नपरेपछि भोटिङ नहुने भएको छ।

प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नआएकोले सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ।

अग्निका प्रस्तावक नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थक देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण बोलेपछि जेष्ठ सदस्य महन्थ ठाकुरले सभामुखमा निर्विरोध अग्निप्रसाद सापकोटा निर्वाचित भएको घोषणा गर्नेछन्।