१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वमेध महायज्ञको तयारी अन्तिम चरणमा



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलोपटक यही माघ २३ देखि आगामी फागुन ४ गतेसम्म ‘विश्वमेध महायज्ञ’ आयोजना गरिने भएको छ । मुलुकको शान्ति, समृद्धि र जनकल्याणको पावन उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको श्रीविद्या साधक परिवार, नेपालले जनाएको छ ।

परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको सत्सङ्कल्पमा यही माघ २३ गतेदेखि पाशुपत क्षेत्रमा ११ दिने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ आयोजक समितिका सदस्य गोपाल कोइरालाले राससलाई जानकारी दिनुभयो ।

मुलुकमा शान्ति, समृद्धि तथा जनकल्याणको उद्देश्यले महायज्ञ आयोजना गरिएको श्रीविद्या साधक परिवारले जनाएको छ । पशुपति क्षेत्रको वनकालीमा महायज्ञको सबै तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । रासस