१० असार २०८३, बुधबार
,
Latest
सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिक्त सभामुख पदमा काँग्रेसले उमेदवार नउठाएकोमा नेता केसी असन्तुष्ट



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेपाली काँग्रेसले उम्मेदवारी नदिएकोप्रति नेता अर्जुननरसिंह केसीले असन्तुष्टि जनाएका छन् । उनले पार्टी प्रतिस्पर्धाबिहीन हुनुले भ्रमित बनाएको पनि टिप्पणी गरेका छन् । केसीले सामाजिक सञ्जालमार्फत प्रमुख प्रतिपक्षले सत्ताको भाग, अंश र सौदाबाजी गर्ननहुने र साथै संविधानको रक्षा, भ्रष्टाचार, विधिहिनता, महँगी, बेरोजगारी र जनसरोकारका विषयमा सशक्त भूमिका गर्ने हो भनेका छन् ।

उनले भनेका छन्, ‘कहिले नीतिमा सहमति र अहिले सभामुख प्रतिस्पर्धा विहिनहुनुले स्थिति भ्रमित बनाएको छ।’

काँग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुख साझा हुने भन्दै काँग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको थियो । सभामुखमा नेकपाको तर्फबाट अग्नि सापकोटाको उम्मेदवारी रहेको छ । उपसभामुखमा भने अब को रहन्छन् भन्ने विषय थाती नै छ ।