३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ

म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ
फाइल फोटो
अ+ अ-

आज म तपाईँहरूको सामु एउटा नेताको रूपमा मात्र होइन, बरु एउटा बाबु, एउटा योद्धा र यो देशको माटोमा आफ्नो रगत र पसिना मिसाएको एक साधारण नागरिकको रूपमा उभिएको छु। इतिहासका धेरै मोडहरूमा हामी सँगै हिँड्यौँ।

कतिपय ठाउँमा हामीले सफलताका ठूला उत्सवहरू मनायौँ त कतिपय ठाउँमा हामीले अपूरणीय क्षति व्यहोर्नुपर्यो। आजको यो घडी, मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेन्-जी (Gen Z) का छोराछोरीहरूको सपनाको कुरा हो।

धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन्। तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन।

म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु। मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ।

मेरो जीवनको यात्रा एउटा खुल्ला किताब जस्तै छ। म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्यो। म त्यो श्रीमान् हुँ, जसको जीवनसंगिनीले बीच बाटोमै साथ छोडेर गइन्। मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु।

एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ। तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए। मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन। परिवर्तन अनिवार्य छ, र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ।

तपाईँहरूले आज जे मागिरहनुभएको छ भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ।

हलिउडमा एउटा चर्चित संवाद छ “या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू।’ यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ।

म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन। तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन।

म नयाँ विचारहरूका लागि सधैँ खुला छु। म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसात् गर्न तयार छु। तर एउटा कुरा याद राख्नुहोस् हरेक चम्किलो चिज हिरा हुँदैन। आजको यो डिजिटल युगमा, सामाजिक सञ्जालका भ्रमहरूले तपाईँहरूलाई बहकाउन सक्छन्। कसैलाई तपाईँहरूलाई सानो महसुस गराउन नदिनुहोस्।

म यहाँ तपाईँहरूसँग भोट माग्न आएको होइन, म त तपाईँहरू लाई स्वतन्त्र चिन्तनको लागि अपील गर्न आएको हुँ। प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुहोस्, म त्यसको सामना गर्न तयार छु। किनकि मलाई थाहा छ, मेरो शक्तिको स्रोत तपाईँहरू नै हो।

हामीसँग अब अर्को २० वर्ष परीक्षण र त्रुटि (Trial and Error) गर्दै नयाँ नेताहरू जाँच्ने समय छैन। हामीले गम्भीरतापूर्वक सोच्नुपर्छ। म ती वीर शहीदहरूप्रति नमन गर्दछु, जसले नेपालको सुन्दर भविष्यका लागि आफ्नो ज्यानको आहुति दिनुभयो। आउनुहोस्, मिलेर एउटा यस्तो नेपाल बनाऔं, जहाँ कुनै पनि युवाले आफ्नो भविष्य खोज्न विदेशिनु नपरोस्।

नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुभएको सम्बोधनको पूर्णपाठ