१० असार २०८३, बुधबार
,
Latest
रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेची क्याम्पसमा बौद्धिक उद्यान बन्दै



अ+ अ-

भद्रपुर । झापाको मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ । शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुने पार्कमा गुरुजी श्री १०८ मङ्गलदासजी महाराज, महागुरु फाल्गुनन्द, बालागुरु षडानन्द, डा स्वामी प्रपन्नाचार्य र दानवीर देवीप्रसाद उप्रेतीको परिचयात्मक अभिलेखसहित मूर्ति स्थापना गरिने मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले बताए।

पार्कको निर्माण मङ्गल सेवा समिति भद्रपुरले गर्ने भएको छ । समितिका अध्यक्ष गोपालदास खनालका अनुसार समिति र क्याम्पसबीच पार्क निर्माणका विषयमा सम्झौता भइसकेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत मङ्सिर २७ गते पार्कको विधिवत् शिलान्यास गरेका थिए ।मानवीय सेवामा समर्पित मङ्गल सेवा समितिले यसअघि चन्द्रगढी विमानस्थलमा लाखौँको खर्चमा मङ्गल बाटिका निर्माण गरेको थियो । मेची क्याम्पसको सौन्दर्य र महत्व बढाउने गरी बौद्धिक पार्क निर्माणमा समिति जुटिसकेको खनालले बताए ।

उनका अनुसार पार्कको प्रारम्भिक लागत रु ३० लाख लाग्ने अनुमान गरिएको छ । सम्झौतामा एक वर्षभित्र पार्कको निर्माण सकेर क्याम्पसलाई हस्तान्तरण गरिने उनले बताए । निर्माणाधीन पार्क गुणस्तरीयताका लागि क्याम्पस प्रमुख गुरागाई, सम्बन्धित वडाका वडाध्यक्ष र संस्थाको तर्फबाट एक गरी तीन जनाको अनुगमन समिति बनाइएको छ ।